+
+

संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १३:०८

१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ ।

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो ।

सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए ।

थ्रेस होल्डका कारण गत प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले दलको मान्यता पाउन सकेन । तर सो पार्टीबाट विजयी सांसद् राजेन्द्र लिङ्देन स्वतन्त्र सांसद्को भूमिकामा छन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची ३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएपछि सरकारले संविधान संशोधनको तयारी गरेको छ । बुधबारको संसद्को सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक पेस गर्ने उल्लेख भए पनि सूचीबाट भने हटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?