+
+

सर्वदलीय बैठकका निश्कर्ष संसदमा सुनाऔं : मिनेन्द्र रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १५:४८

१४ जेठ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद डा. मिलेन्द्र रिजालले सर्वदलीय बैठकका निश्कर्ष वा निर्णय संसदलाई जानकारी गराउन सरकारलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको बैठकबाट भएको निर्णय संसदलाई सुनाउनुपर्ने बताएका हुन् । उक्त बैठकबाट संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो पारित गर्ने निर्णय भएको सुनिएको भन्दै उनले खुसी व्यक्त गरे ।

‘अहिलेसम्म यस्ता बैठकका निश्कर्ष सहभागी नेताले आआफ्ना दललाई जानकारी दिने चलन छ’ नेता रिजाल भन्छन्, ‘त्यस्ता बैठक अझ विशेषत संसदीय गतिविधिसँग सम्बन्धित बैठकका निश्कर्ष सरकारको तर्फबाट प्रधानमन्त्री वा संसदीय मन्त्रीबाट संसदलाई जानकारी दिने परम्परा सुरु गरौं ।’

नेपाल राजनीतिक संक्रमणको चरणमा नरहेको र संविधानसम्मत राजनीतिक अभ्यास र परम्परा स्थापित गर्दै गरेको अवस्थामा सर्वदलीय छलफल र निश्कर्षको प्रत्यक्ष प्रसारणले अहिले र चीरकालसम्म नागरिकको जानकारीमा रहने रिजालले बताए ।

‘संविधानको मर्म र भाव यही हो । संसदीय सार्वभौमिकता पनि यही हो । सभामुख महोदय र प्रधानमन्त्रीजीलाई नम्रतापूर्वक तर, गम्भीर रुपमा यो प्रारम्भ गर्न अनुरोध गर्न चाहन्छु’ सांसद रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?