
१४ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका नेपाली सेनाका ३ सैनिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
यूएनको शान्ति मिसनअन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यूएन मिसनमा कार्यरत ३ सैनिकमा कोरोना भएको पुष्टि गरे ।
संक्रमित सैनिक कुन तहका हुन् भन्नेबारे भने सेनाले केही खुलाएको छैन ।
यसअघि नेपालमा कार्यरत नेपाली सेनाका मेजरसहित ४ जनामा कोरोना संक्रमण भएको थियो । शान्ति मिसनमा कार्यरतसमेतलाई जोड्दा कोरोना संक्रमित हुने कूल सैनिकको संख्या ७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4