
१४ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । प्रतिपक्षी दलको अवरोधपछि बैठक बिहीबारसम्मको लागि स्थगित गरिएको हो ।
बुधबार बिहान ११ बजे आह्वान गरिएको बैठकमा प्रतिपक्षी दल साढे ११ बजे पुगेका थिए । प्रतिपक्षी दलको अवरोधपछि सभामुख अर्जुनबहादुर थापाले बिहीबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।
हिउँदे अधिवेसनमा सीमा विवाद सम्बन्धित संकल्प प्रस्ताव दर्ता गरेको र उक्त प्रस्ताव अहिलेसम्म पनि नल्याएको भन्दै बैठक अवरुद्ध गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले बताए ।
‘हिउँदे अधिवेसमा हामीले दर्ता गरेको संकल्प प्रस्ताव सरकारले अझैसम्म सदनमा ल्याएको छैन,’ रावलले भने, ‘यस्तो बेला मन्त्री ज्यू नै हाम्रो भूमिलाई विवादित भन्नुहुन्छ । त्यसैले हामी विरोधमा उत्रिएका हौँ । ’
आफूहरुले दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभामा नल्याएसम्म सदन चल्न नदिने उनले चेतावनीदिए ।
प्रतिक्रिया 4