+
+

विशेष संयन्त्रमार्फत चौरजहारी घटना अनुसन्धान गर : मानवअधिकारवादी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १९:२०
चौरजहारी घटनामा बेपत्ता युवाको खोजी गर्दै गरेका उद्धारकर्ता ।

१४ जेठ, काठमाडौं । मानवअधिकारवादीहरूले गत शनिबार रुकुममा भएको हत्या घटनाको छानबिन गर्न उच्चस्तरीय विशेष संयन्त्रको माग गरेका छन् ।

विभिन्न ३३ वटा मानवअधिकारवादी संघ/संस्था तथा व्यक्तिहरूले बुधबार विज्ञप्ति जारी गर्दै घटनाबारे चासो व्यक्त गरेका हुन् ।

जारी विज्ञप्तिमा ‘जातीय विभेद र छुवाछुतमा आधारित बर्बरतापूर्ण आक्रमण, हत्या, हिंसा र अत्याचारका सम्बन्धमा उच्चस्तरको विश्वसनीय विशेष संयन्त्र गठन गर्न भनिएको छ । यसमार्फत स्वतन्त्र, निष्पक्ष र प्रभावकारी छानबिन तथा अनुसन्धान गरी दोषीमाथि प्रचलित फौजदारी कानुनबमोजिम कारबाही सुनिश्चिचतताको माग पनि उनीहरूले गरेका छन् ।

पहाड र तराई दुवैतिर दलित समुदायमाथि जघन्य हिंसा भइरहेको औंल्याउँदै उनीहरूले नियन्त्रणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसरी विज्ञप्ति जारी गर्नेहरूमा मानवअधिकारकर्मीहरू चरण प्रसाई, कपिल श्रेष्ठ, मन्दिरा शर्मा, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल, सुमन अधिकारी, जनकबहादुर रावत, बाबुराम गिरी, गोविन्द शर्मा ‘बन्दी’, विजयराज गौतम, इन्द्रप्रसाद अर्याल, राजन कुइँकेल, भक्त विश्वकर्मा, मोहन कर्णलगायत छन् ।

पश्चिम रुकुमको चौरजहारीमा जेठ १० मा जाजरकोटका नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुुनारको हत्या भएको थियो । उनीहरूसँगै गएकामध्ये दुई अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?