+
+

प्रदेश स्थापना दिवस मनाउन कर्णालीमा भदौ ४ गते सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १९:५७

१४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेशमा सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारले गत वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवस घोषणा गरेको थियो । सोही दिन प्रदेशभर नै सार्वजनिक विदा दिने निर्णय निर्णय प्रदेश सरकारले गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्राप्तिको आन्दोलनमा मृत्यु भएका शहीद र प्रदेश घोषणा भएको दिनको सम्झनामा प्रदेश स्थापना तथा शहीद दिवस मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

प्रदेश घोषणा हुँदा हालको कर्णाली प्रदेश सुदूरपश्चिममा गाभिएको थियो । त्यसविरुद्ध आन्दोलन उठेपछि तत्कालीन सरकारले साविकको भेरी र राप्तिका १० जिल्ला मिलाएर ०७२ भदौ ४ गते छुट्टै प्रदेश घोषणा गरेको थियो ।

सोही आन्दोलनमा सुर्खेतका यामबहादुर विसी, टिकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरको प्रहरी दमनमा मृत्यु भएको थियो । उनीहरुकै सम्झनामा स्थापना दिवसकै दिन शहीद दिवससमेत मनाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?