+
+

नवलपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७७ जेठ १५ गते ८:४७

१५ जेठ, नवलपरासी । पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

देवचुली नगरपालिका–१ घर भएका १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ १० गते भारतको हरिद्धारबाट आएका उनाई नगरपालिकाले जनज्योति नमुना माविको क्वारेन्टाइनमा राखेको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

भरतपुरमा गरिएको परीक्षणमा संक्रमणको पुष्टि भएपछि उनलाई बुधबार राति नै भरतपुर कोरोना विशेष अस्पतालमा लगिएको देवचुली १ का वडाअध्यक्ष लक्ष्मण राज भण्डारीले बताए ।

संक्रमितसँगै क्वारेन्टाइनमा रहेका २७ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?