
१५ जेठ, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
शनिबार दिउँसो १ बजे बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उनले भनेका छन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ । आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको दोहो¥याएको थियो । तर संविधान संशोधनबारे केन्द्रीय समितिबाट औपचारिक निर्णय गर्ने बताएको थियो ।
प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकमा पनि कांग्रेस केही दिन समय मागेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4