+
+

सप्तरीमा क्वारेन्टिनमा खटिएका प्रहरीलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १२:५६

१५ जेठ, जनकपुरधाम । सप्तरीमा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

बोदे बर्साइन नगरपालिकास्थित चन्द्र माविको क्वारेन्टिनमा खटिएका उनमा कोरोना संक्रमण देखिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी तिलक भारतीले जानकारी दिए ।

योसँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको छ भने प्रदेश २ भरि १३ जना पुगेको छ । सबैभन्दा बढी बारामा ७ जना प्रहरी संक्रमित देखिएका छन् ।

सप्तरी, सिरहा र धनुषामा २/२ जना प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?