+
+

प्रदेश २ सभाको चौथो अधिवेशन जेठ २१ गतेका लागि आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १३:४०

१५ जेठ, जनकपुरधाम । प्रदेश २ सभाको चौथो अधिवेशन जेठ २१ गतेका लागि आव्हान गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारद्वारा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आव्हान गरिएको हो ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले चौथो अधिवेशन आव्हान भएको जानकारी दिए । उनका अनुसार दुरी बनाएर प्रदेश सभा बैठकको तयारी गरिएको छ ।

प्रदेशको चालू तेस्रो अधिवेशन जेठ १३ गते राति १२ बजेदेखि अन्त्य गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?