+
+

गण्डक अस्पतालबाट चार संक्रमित निको भएर घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १४:०२
वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमित ।

१५ जेठ, काठमाडौं । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालबाट चार जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।

डिस्चार्ज हुने सबै जना वीरगञ्ज महानगरपालिका–३ का हुन् । जसमा ३२ र ३८ वर्षीया महिला छन् भने २७ र २८ वर्षीय पुरुष रहेका छन् ।

गण्डक कोभिड अस्पतालबाट बुधबार राति चार जना डिस्चार्ज भएसँगै अब ५ जना संक्रमित अस्पतालमा उपचाररत रहेको उनले बताए ।

यसअघि मंगलबार राति गण्डक कोभिड अस्पतालबाट एकै पटक २१ जना डिस्चार्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?