+
+

गीतकार रत्नशमशेर थापाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १५:३०

१५ जेठ, काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको संगीतकार महेश खड्काले जानकारी दिए ।

बुधबार बेलुकी अस्वस्थ भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनमा कोरोना संक्रमण जाँच गर्न स्वाब समेत लिइएको छ ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?