+
+

बलात्कार प्रयासको आरोपमा मन्टेश्वरी स्कुल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १५:१२

१५ जेठ, विराटनगर । सुनसरीको इटहरीमा कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले मन्टेश्वरी सञ्चालकलाई पक्राउ गरेको छ ।

१९ वर्षकी युवतीलाई जबरजस्ती करणी प्रयास घटनाको मुचुल्का उठाएको १७ दिनपछि इलाका प्रहरी कार्यालय इटहरीले एप्पल ट्रि मन्टेश्वरीका सञ्चालक सन्तोष कटवाललाई पक्राउ गरेको हो ।

मन्टेश्वरीमा कार्यरत महिला कर्मचारीलाई कटवालले २६ वैशाखमा जबरजस्ती करणीको प्रयास गरेका थिए ।

सुरुमा ल्याएर एक दिन थुनेपछि छाडेको इलाका प्रहरी कार्यालय इटहरीले महिला अधिकारकर्मीहरुको दबाबमा १३ जेठमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर कट्वाललाई पक्राउ गरेको हो ।

युवतीलाई २६ बैशाखमा मन्टेश्वरीका लागि आएका नयाँ किताब मिलाउनु भन्दै घर बोलाएर जबरजस्ती करणी प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?