+
+

विदेशीलाई श्रम स्वीकृति नलिई काम गर्न नदिइने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई साढे ११ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १६:४५

१५ जेठ, काठमाडौं । सरकारले विदेशी नागरिकलाई श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नदिने भएको छ ।

कानुनी व्यवस्था भए पनि कडाई नभएको भन्दै सरकारले आगामी आर्थिक वर्षमा यो व्यवस्थालाई कडा रूपमा लागू गरिने बताएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाख रोजगारी सिर्जना गर्नेगरी ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ। सरकारले विभिन्न सिप विकासका लागि ५ अर्बभन्दा बढी खर्च गर्ने घोषणा पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?