+
+

आगामी वर्ष १३ सय मेगावाट बिजुली थपिने, दूधकोसी आयोजना बन्ने

नेपालको बिजुली भारतमा बिक्री सुरु गर्ने योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १७:५०

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्ष एक हजार तीन सय मेगावाट बिजुली थपिने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटमा दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने घोषणा पनि गरिएको छ।

यसमा ४ वटा दातृ निकायले लगानी गर्नेछन्। माथिल्लो तामाकोसी, रसुवागढीलगायत आयोजनाको निर्माण सकाउने बजेटमा उल्लेख छ ।

‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत माथिल्लो अरुण, किमाथांका, जगदुल्लालगायतका आयोजनाहरू पनि अघि बढाइने खतिवडाले बताएका छन् ।

यस्तै, नेपालको बिजुली भारतमा बिक्री सुरु गर्ने योजना पनि सरकारले बजेटमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?