
१५ जेठ, काठमाडौं । सरकारले पुनर्निर्माणतर्फको बजेटमा भारी कटौती गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा पुनर्निर्माणतर्फ १२१ अर्ब रुपैयाँ छुट्याएको थियो । तर आगामी वर्षका लागि भने ५५ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६६ अर्बले कम हो ।
अर्थमन्त्री युवराज खतिवडाका अनुसार, आगामी आवमा विद्यालय पुनर्निर्माणको काम सकिने भएको छ । रानीपोखरी र धरहरा पुनर्निर्माणको कामले समेत तिव्रता पाउने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4