
१५ जेठ, काठमाडौं । बैंकहरूका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा बैंकका सबै सबै शाखाले सहुलियत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था गरिने घोषणा गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नै पर्ने बताए ।
उनले विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने उल्लेख गरे । उनले आगामी आर्थिक वर्षमा बैंक गाभ्न प्रोत्साहन गर्ने र सहुलियत कर्जाको दायरा बढाइएको समेत जानकारी दिए ।
अर्थमन्त्री खतिवडाले वित्तीय साधनको परिचालन उत्पादनमुखी बनाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4