
१५ जेठ, पोखरा । म्याग्दीमा पनि एक जनामा कोरोना पुष्टि भएको छ । मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ ।
कोरोना पुष्टि भएका पुरुष बेनी नगरपालिकामा रहेको क्वारैन्टाइनमा रहेका थिए । पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई बेनीकै आइसोलेसनमा राखिएको दिर्नेशनालयले जनाएको छ ।
म्याग्दीमा एकजनामा संक्रमण देखिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4