+
+

बजेट सकारात्मक, तर उत्साहित बनाएन : मुरारका

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २०:००
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले निजी क्षेत्र उत्साहित हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

सरकारले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै उनले केही व्यवस्थाहरू सकारात्मक भए पनि निजी क्षेत्र उत्साहित हुने खालको कार्यक्रम नआएको बताए ।

कोरोना महामारीका कारण उद्योग-व्यवसायहरू धेरै समस्यामा परेको र समस्याबाट उकास्ने किसिमको प्याकेजको अपेक्षा गरे पनि त्यो नआएको उनले बताए। सरकारले पुनर्कर्जा कोषलाई नै राहत प्याकेज  भनेको भन्दै  मुरारकाले राज्यको ढुकुटीमा पनि धेरै नभएको कारण निजी क्षेत्रले धेरै अपेक्षा नलिएको बताए ।

पुनर्कर्जा कोष एक खर्बको बनाउने भनेर पहिले नै भनिसकेको र यसले राहत पनि नहुने उनको टिप्पणी छ। पर्यटन क्षेत्रलाई ५० अर्बको सहुलियत भनेको र त्यसले अन्य क्षेत्रलाई नसमेट्ने बताए ।

निजी क्षेत्रले बिजुलीका दर घटाउन गरेको आग्रहलाई सरकारले प्रयोग नभएको समयको आधा र डिमान्ड शुल्क नलिने भन्नुलाई पनि सकारात्मक लिएको मुरारकाले बताए। राजस्वका दरहरू घटेको भन्दै यसलाई पनि निजी क्षेत्रले सकारात्मक नै लिएको बताए।

‘केही केही विषयहरू सम्बोधन गर्न खोजिएको छ, यसलाई निजी क्षेत्रले सकारात्मक रुपमै लिन्छ’ उनले भने ‘तर निजी क्षेत्रको जुन किसिमको हँसिलो अनुहार हुनुपर्ने थियो, त्यो हुन सकेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?