+
+

प्रदेश २ का सांसदको कोरोना परीक्षण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २०:५०

१५ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदको कोरोना परीक्षण थालिएको छ । प्रदेशसभाको अधिवेशन मिति आउन ६ दिन बाँकी हुँदा यहाँका  सांसदहरूको कोरोना परीक्षण थालिएको हो ।

बिहीबारदेखि थालिएको परीक्षण तीन दिनसम्म रहनेछ । पहिलो दिन उप–सभामुख उपमा कुमारी देवसहित केही सांसदको स्वाब संकलन भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

उनका अनुसार, प्रदेशका १ सय ७ सांसद, प्रदेशसभा सचिवालयमा खटिएका ७२ प्रहरी र ६० कर्मचारीको कोरोना परीक्षण हुनेछ ।

प्रदेशसभाको चौथो अधिवेशन आगामी जेठ २१ गते आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेपछि सांसद र कर्मचारीको स्वाब संकलन सुरु गरिएको सभामुख यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?