+
+

कति बढ्यो चुरोटको मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २३:१७

१५ जेठ, काठमाडौं । सरकारले चुरोट, बिँडी, सिगार तथा अन्य अम्मलजन्य पदार्थमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ ।

बिहीबार संघीय संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले यी वस्तुहरूमा कर वृद्धि गरेको हो ।

अर्थमन्त्रालयका अनुसार अब विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादन हुने बिँडीमा प्रतिखिल्ली २५ पैसा भाउ बढ्ने भएको छ । चुरोट र सिगारमा प्रतिखिल्ली ५० पैसा स्वास्थ्य जोखिम कर बढाइएको छ ।

खाने सुर्ती, खैनी, गुट्खा, पान मसलामा प्रतिकिलो ४० रुपैयाँका दरले स्वास्थ्य जोखिम कर लगाई असुल गरिने मन्त्रालयले जनाएको छ ।

यस्तो कर पैठारीका बखत भन्सारबिन्दु र स्वदेशी उत्पादनको हकमा प्रतिष्ठानबाट निष्काशन हुने बेला असुल हुने भएको छ । यसको नियमन भने आन्तरिक राजस्व विभागबाट हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?