+
+

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ पुग्यो

कपिलवस्तुमा थपिए चारजना

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ १६ गते ११:२७

१६ जेठ, बुटवल । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु कपिलवस्तु नगरपालिका-१० का २४ वर्षका पुरुष र वडाम्बर ११ का २३, २५ र २६ वर्षका तीनजना पुरुष हुन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ ।

कपिलवस्तु नगरपालिकाको बुद्धपद्म मावि, निग्लिहवा र वडानम्बर ११ को जहदीका क्वारेन्टाइनबाट १७० जनाको स्वाबको परीक्षण गर्दा चारजनामा कोरोना पोजेटिभ देखिएको हो ।

जेठ १२ गते स्वाबको नमूना संकलन गरी भरतपुर अस्पताल चितवनमा परीक्षणका लागि पठाइएकामा ४ जनामा कोरोना पोजेटिभ र बाँकी १६६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ जना पुगेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार बाँकेमा १७१ जना, कपिलवसतुमा १३६ जना, रुपन्देहीमा ४५ जना, दाङमा २२ जना,बर्दियामा १० जना, नवलपरासी पश्चिममा ५ जना, गुल्मीमा ४ जना, अर्घाखाँचीमा ३ जना र रुकुमपूर्वमा ३ जना संक्रमित भेटिएका छन् । गुल्मीमा भेटिएका एकजना भने दाङका स्थायी बासिन्दा हुन् ।

प्रदेश ५ मा भेटिएका कोरोना संक्रमितमध्ये गुल्मीका एक, अर्घाखाँचीका एक र बाँकेका एक गरी तीनजनाको मृत्यु भएको छ ।

प्रदेश ५ मा ३७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । शुक्रबार (आज) पनि दाङको कोरोना विशेष अस्पतालबाट चार जना निको भएर डिस्चार्ज हुने प्रकृयामा रहेका तथ्यांक अधिकृत वलीले अनलाइनखबरलाई जानकारी दिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?