+
+

सीमा नाकामा मृत्यु भएका युवकमा देखिएन कोरोना

खान नपाएर मृत्यु भएको परिवारको दावी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १२:४१

१६ जेठ, जनकपुरधाम । भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ ।

चार महिनाअघि रोजगारीका लागि भारतको हरियाना गएका धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा ज्यान गएको थियो ।

उनको शवलाई नेपाली सेनाको टोलीले बुधबारै प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको थियो । स्वाब संकलनपछि गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

कोरोना नदेखिएपछि उनको मृत्यु भोककै कारण भएको परिवारले दावी गरेको छ । झण्डै महिना दिनदेखि च्यूरा र भुजा मात्रै खान बाध्य भएका उनी जटही नाकामा आउँदा बेहोस भएका थिए । भोकले थलिएका उनले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए ।

उनको फोन आएलगत्तै उनका भाइ धिरेन्द्रसहित परिवारका ४ जना राति दुई घण्टा लगाएर एम्बुलेन्स खोजेका थिए । तर उनलाई ल्याउन नदिँदा भोकले बेहोस भएर उनको मृत्यु भएको परिवारजनले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?