+
+

बेलझुण्डी अस्पतालबाट ८ जना संक्रमित निको भए

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १५:०६

१६ जेठ, दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् ।

दाङको गढवा गाउँपालिकाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना शुक्रबार डिस्चार्ज भएका हुन् । उनीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले नेपाली खादा लगाइदिएर विदाई गरेकी थिइन् ।

अस्पतालका प्रमुख डा. सर्वेस शर्माका अनुसार संक्रमितहरुको २ पटकसम्म स्वाब जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरु सबैलाई यही जेठ २ गते अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरू गरिएको थियो ।

बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अझै ३७ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?