+
+

सल्यानमा रतुवा मारेको आरोपमा १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १५:४८

१६ जेठ, सुर्खेत । सल्यानमा रतुवा (मृग) मारेको आरोपमा १० जना पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-७, संग्रही खोलाबाट रतुवा मारेको आरोपमा दश जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

रतुवा मारेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा बनगाड कुपिण्डे नगरपालिका-७, का प्रेम रोका, गिमबहादुर थापा, रुद्रबहादुर वली, हेमराज वली, लुटबहादुर बस्नेत, जितबहादु बस्नेत, डम्बर वली, नरबहादुर वली, बेलाराम विक र खड्क खड्का रहेको बताईएको छ ।

नियन्त्रणमा लिएकाहरुलाई स्वास्थय परीक्षण गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको डिभिजन वन प्रमुख गिरीले बताए ।

कार्यालयका साहयक डिभिजन प्रमुख गंगा त्रिपाठीलाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएको छ । उनिहरुलाई बन्यजन्तु ऐन अनुसार मुद्दा चलाइने डिभिजन वन प्रमुख गिरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?