+
+

झापामा थपिए २८ कोरोना संक्रमित, २७ जना कचनकवलका

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ १६ गते १५:५६

१६ जेठ, विराटनगर । शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि भएकाहरु झापाको दक्षिण कचनकवल गाउँपालिकाका हुन ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा भद्रपुरका एक पुरुषमा संक्रमण देखिएको हो ।

शुक्रबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ मा संक्रमितको संख्या १५८ पुगेको छ । कचनकवलमा मात्र एकसयजनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार मात्र कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो । भद्रपुरमा भने पहिलो संक्रमण देखिएको हो ।

शुक्रबार नै रौतहटमा पनि ५६ जनामा कोरोना पुष्टि भएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?