
१६ जेठ, जनकपुरधाम । धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको नतिजा निगेटिभ आएको छ ।
चार महिनाअघि रोजगारी गर्न भारतको गुजरात गएका धनुषा जिल्ला शहीदनगर नगरपालिका-९ का ३० वर्षीय वीरेन्द्र गुरमैता (यादव) को घर आउने क्रममा जटहीनाकामा मृत्यु भएको थियो ।
उनका सहकर्मीका अनुसार घर आउने क्रममा यादव भोकै छ दिनसम्म पैदल हिँड्दै घर फर्किरहँदा भोकले बेहोस भइ सो स्थानमा मृत्यु भएको थियो । यसैबीच शहीदनगर नगरपालिकाले किरियाखर्चका लागि मृतकका परिवारलाई एक लाख रकम दिने निर्णय गरेको जनाइएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4