+
+

पर्सामा थप दुई जनामा कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते १३:१९

१७ जेठ, वीरगञ्ज । पर्सामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब प्रमुख डा. निरा पाठकले जानकारी दिइन् ।

उनका अनुसार सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६० वर्षीया महिला भारतको मुम्बई र १८ वर्षीय युवक उत्तरप्रदेशबाट जेठ १३ गते आई दीपनारायण माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

क्वारेन्टिनमा बसेका ५० जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको सखुवा प्रसौनीका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?