+
+

भरतपुर–७ मा साइकल लेनसहितको सडक बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते १४:१६

१७ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–७ मा साइकल लेनसहितको सडक बन्ने भएको छ । भरतपुर–७ को गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म १३ सय मिटर लामो साइकल लेनसहितको सडक बन्ने भएको हो ।

रु. ९ करोडको लागतमा बन्ने सडकको भरतपुर महानगर प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच शिलान्यास गरिन् । पहिलो चरणमा तीन करोड ६५ लाख रकम विनियोजन गरिएको छ । बाँकी रकम चाँडै नै उपलब्ध गराउने प्रतिवद्धता नगर प्रमुख दाहालले ब्यक्त गरिन् ।

केन्द्र सरकारबाट विनियोजन भएको बजेट भरतपुर महानगरपालिकामार्फत काम हुन लागेको हो । सडकको दुबैतिर १.२५ मिटरको फुटपाथ, एक/एक मिटरको ड्रेन, दुवैतिर २.२५ मिटरको साइकल ट्रयाक र बीचमा ७ मिटरको सडक हुनेछ । भरतपुर महानगरपालिकामा पहिलोपटक साइलक लेनसहितको सडक बन्न लागेको बताइएको छ ।

२०७८ वैशाख १० गते निर्माण गरिसक्ने गरी सुनकोसी मंगलदिप जेभीले निर्माणको जिम्मा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?