+
+

कैलालीमा आत्महत्या दुरुत्साहन आरोपमा श्रीमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते १५:१९

१७ जेठ, कैलाली । कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

जिल्लाको लम्की चुहा नगरपालिका–७ खरैलाकी ३५ बर्षीया सरिता भण्डारीको आत्महत्याको कारण श्रीमान नै रहेको माइती पक्षले आरोप लगाएपछि प्रहरीले ३५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको

मानसिक र शारीरिक यातना सहन नसकेर मंगलबार भण्डारीले आत्महत्या गरेको भन्दै मृतकका दाजु झंकर विष्टले इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दिएका थिए ।

मृतकको श्रीमानविरुद्ध १५ गते उजुरी परेको र उनलाई १६ गते नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बताए । उनलाई नियन्त्रणमा लिएर आवश्य अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?