
१७ जेठ, वीरगञ्ज । बारामा शनिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ का १८ वर्ष र ३५ वर्षका तथा सुवर्ण गाउँपालिकाको हर्दियाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ मा संक्रमण पुष्टि भएका दुवै व्यक्ति भारतबाट आएर किसुनपुरस्थित मदरसा क्वारेन्टिनमा बस्दै आएका थिए । उक्त क्वारेन्टिनमा ३७ जनाको पीसीआर परीक्षण गरिएको र सो मध्ये २ जनामा संक्रमण पुष्टि भएको सिम्रौनगढ नगरपालिकाका स्वास्थ्य प्रमुख भोजेन्द्र चोधरीले जानकारी दिए ।
बारामा संक्रमित राखेर उपचार गर्ने आइसोलेसन कक्ष खाली नभएकाले उनीहरुलाई वीरगञ्जस्थित गण्डक कोभिड अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4