Comments Add Comment

टर्कीमा दुई महिनापछि खुले मस्जिद

१७ जेठ, काठमाडौं । टर्कीमा दुई महिनापछि शुक्रबार मस्जिद खुलेका छन् । त्यहाँको सरकारले मे महिनाको सुरुवातदेखि नै मुलुकमा लगाइएको लकडाउन केही खुकुलो पार्ने निर्णय गर्दै आएको थियो । त्यसै क्रममा शुक्रबादेखि मस्जिदहरु पनि खुलेका छन् । मस्जिदका साथै शपिङ मल, सैलुन र ब्युटि पार्लरहरु खुलेका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले सोमबारदेखि रेष्टुरेन्ट, क्याफे, लाइब्रेरी, पार्क, समुद्री किनाराजस्ता धेरै स्थानहरु खोल्ने घोषणा गरेका छन् ।

शुक्रबार इस्तानबुलको मुस्जिदको बाहिर सयौं मानिसले मास्क लगाएर नमाज पढेका थिए । मस्जिद पढ्ने क्रममा आवश्यक सतर्कता अपनाउन पनि सरकारले सबैलाई निर्देशन दिएको छ ।

टर्कीमा कोरोना भाइरसको कारण अहिलेसम्म एक लाख ६२ हजारभन्दा धेरै मानिस संक्रमित फेला परेका छन् । साथै यो भाइरसको कारण अहिलेसम्म टर्कीमा चार हजार ४८९ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment