+
+

कर्णालीमा थपिए १८ जना कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १२:३०

१८ जेठ, सुर्खेत । कर्णालीमा आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रलायको जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार कालीकोट शुभकालिका गाँउपालिकाका १९ वर्षीय युवक  र अन्य १७ जना दैलेखका रहेका छन् ।

दैलेखका १७ जनामध्ये नारायण नगरपालिकाका ९ जना र दैलेखकै देवलकाँडामा ५ जना पुरुष, सिमडाका एक, रातापानीका एक र साडुका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या १२३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?