+
+

बजेटले संकटलाई अवसरमा बदल्ने मौका गुमायो : डा. रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १५:१०

१८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले संकटलाई अवसरमा बदल्ने मौका गुमाएको टिप्पणी गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा रिजालले मुलुकलाई संकटबाट जोगाएर आर्थिक विकास लागि प्राप्त अवसर बजेटले गुमाएको बताएका हुन् ।

‘यसपालि मुलुकलाई संकट छ । दुनिया शताब्दीको गहिरो संकट भोग्दै छ । यो संकटलाई अवसरमा बदल्ने कल्पनाशीलता बजेटमा अपेक्षा गरिएको थियो । बलशाली सरकारले त्यो कल्पनाशीलता देखाएन’ उनले भने ।

बजेटमा उल्लेख भएका काम गर्नका लागि पैसा कहाँबाट आउँछ भनेर नेता रिजालले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रश्न गरे । कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको उनले बताए ।

स्थानीय तहलाई सशर्त अनुदानबाहेक सबै घटेको उल्लेख गर्दै नेता रिजालले संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको टिप्पणी गरे ।

रिजालले स्वास्थ्य क्षेत्रमा २२, २३ अर्ब बजेट मात्रै छुट्याएर नपुग्ने बताए । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि छुट्याएको ६ अर्ब रुपैयाँले परीक्षण गर्न समेत नपुग्ने उनको भनाइ छ । ‘६ अर्ब परीक्षणका लागि खर्च हुन्छ । ६ लाखको खर्च गर्न सक्ने क्षमता छ ? क्षमता हुँदा अस्तिको जस्तै चलखेल हुन्छ भन्ने डर छ’ उनले भने ।

अझै पनि अर्थतन्त्रको उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने भन्ने समय बाँकी रहेको उल्लेख गर्दै उनले भने ‘८३ पेजको दस्तावेजलाई बिर्सेर फेरि अबको अर्थतन्त्र उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर घरसम्म कसरी पुर्‍याउने भन्ने कुरा सोचौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?