
कोरोना संक्रमण परीक्षण गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन ।
२२ जेठ, सुर्खेत । दैलेखमा एकै दिन ११३ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार दैलेखका १ सय १३ र मुगुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १ सय ८ जना नारायण नगरपालिकाका र ५ जना नौमुले गाउँपालिकाका रहेका कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि नारायण नगरपालिका ८७ जना संक्रमित भेटिएका थिए । यो सँगै नारायण नगरपालिकामा संक्रमितको संख्या १९५ पुगेको छ ।
बिहीबार नै भेटिएका मुगुका संक्रमित खत्याड गाउँपालिकाका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4