+
+

शम्भु सदा मृत्युप्रकरण : न्यायिक छानबिनको माग गर्दै पर्सामा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १३:४९

३२ जेठ, वीरगञ्ज । धनुषास्थित इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै मृत भेटिएका शम्भु सदा मुसहरको हत्या भएको भन्दै पर्सामा प्रदर्शन गरिएको छ । प्रहरी कार्यालयमा सदाले आत्महत्या गरेको नभई हत्या भएको दाबी गर्दे सखुवाप्रसौनी गाउँपालिका–५ महुवनका दलित युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले घटनाको न्यायिक छानविन हुनुपर्ने माग राखेका छन् ।

१०१ दलित युवा नेतृत्वद्वारा गरिएको प्रदर्शनमा सहभागीले ‘पडित परिवारलाई न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर’, ‘आरोपी विरुद्ध मुद्दा दर्ता गर’, ‘जातिय छुवाछूत अन्त्य गर, जातिय विभेद अन्त्य गर, ‘दलितलाई सामाजिक न्याय देऊ’, ‘सामाजिक स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘प्रहरी प्रशासनको दमन बन्द गर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोक्नुको साथै नाराबाजी समेत गरेका थिए ।

धनुषाको सबैला नगरपालिका–१२ बरकुर्बामा बस्ने २३ वर्षीय शम्भु सदा मुसहरको इलाका प्रहरी सबैला कार्यालयमा शव झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले उनले आत्महत्या गरेको बताएपनि दलित समुदायले त्यसलाई मानिरहेका छैनन् । उनीहरुले प्रहरी कार्यालय भित्रै हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग राखेर ठाउँ ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

पीडित परिवारकोतर्फबाट शम्भु सदाको हत्या भएको दावी सहित ईलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय ट्याक्टर मालिक संजय साह, वडा नं. ९ का ३८ वर्षीय वडाध्यक्ष पारस साह लगायत ४ जनाविरुद्ध किटानी जाहेरी तयार पारिएको छ । तर जिल्ला प्रहरी कार्यालय धनुषाले किटानी जाहेरी दर्ता गर्न मानेका छैनन् । त्यसैले जाहेरी दर्ता गरेर निष्पक्ष अनुसन्धान गर्न दवाव दिने उद्देश्यले पर्सामा प्रदर्शन गरिएको दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?