
४ असार, काठमाडौं । सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् ।
‘घना जंगलभित्र आश्रम छ, त्यसैले हामी छिरिसकेपछि उनी भागेको हुनसक्ने देखिएको छ,’ अनुसन्धानमा संलग्न सीआईबीका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘जंगलमा ८ घण्टा सर्च अपरेशन चलायौं तर, उनी नभेटिएपछि फर्किएका छौं ।’
प्रहरीले सिन्धुलीस्थित बम्जन आश्रममा छापा हानेको यो तेस्रो पटक हो । यद्यपि, यसपटक पनि उनी जोगिन सफल भएका छन् । र, सीआईबी टोली खाली हात काठमाडौं फर्किएको छ ।
बम्जनमाथि अनुयायी बेपत्ता पारेको आरोप छ । अदालतले पनि उनलाई पक्राउ गर्न पूर्जी दिइसकेको छ ।
यो पनि पढ्नुस्
बम्जनको आश्रममा पुगेर तेस्रो पटक पनि खाली हात फर्कियो प्रहरी
रामबहादुर बमजनमाथिको अनुसन्धान : प्रहरीलाई विवादमा पर्ने डर !
प्रतिक्रिया 4