Comments Add Comment

सुशान्तको फोटो सार्वजनिक गरेको भन्दै फोटोग्राफरसँग दीपिका आक्रोशित

बलिउड नायिका दीपिका पादुकोणले नायक सुशान्त सिंह राजपुतको निधनपछि डिप्रेसनमा गएको भन्ने बारेमा आफ्नो अनुभव सेयर गरिन्।

सुशान्तको निधनपछि सामाजिक सञ्जालमा उनको तस्वीर पनि भाइरल भएको थियो । यही विषयलाई लिएर दीपिका एकपटक फेरि फोटोग्राफरसँग आक्रोशित भएकी छन् ।

एक जना फोटोग्राफरले सुशान्तको पार्थिव शरीर घाटमा लैजादै गरेको भिडियो सेयर गर्दै लेखेका थिए–‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुरीविना कुनै पनि प्लेटफर्ममा पोस्ट नगर्नुहोला ।’

दीपिकाले फोटोग्राफरको यो भनाइमा लेखेकी छिन्–‘ठिक छ, तर तपाईंले भिडियो बनाएर पोस्ट मात्रै गर्नुहुँदैन, यसलाई मोनिटाइज पनि गर्नुभएको होला । तर तपाईंले के यसमा उनको परिवारसँग अनुमति लिनु भयो त ?’

दीपिकाको यो भनाइलाई उनका फ्यानले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment