+
+

नागरिकता विधेयकको विरोधमा वीरगञ्ज र पोखरियामा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ९ गते १९:४०

९ असार, वीरगञ्ज । नागरिकता ऐन संसोधन विधेयकमा ल्याइएको प्रावधानप्रति असन्तुष्ट जनता समाजवादी पार्टीले पर्साको वीरगञ्ज र पोखरियामा प्रदर्शन गरेको छ । भारत तथा तेस्रो मुलुकबाट विवाह गरेर आएकी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधानसहितको प्रावधान विधेयकमा छ ।

यसले सदियौंदेखि सीमा क्षेत्रमा विद्यमान सामाजिक सांस्कृतिक सम्बन्धमा समस्या ल्याउने उनीहरुको ठहर छ । मधेसी समुदायलाई अपमान गर्न, राज्यको निकायमा पुग्नबाट वञ्चित गर्नका लागि संसोधन विद्येयक ल्याएको तर्क उनीहरुले गरेका छन् ।

वीरगञ्जको घण्टाघरमा भएको प्रदर्शनमा सहभागीले नागरिकता ऐन संसोधन विद्येयक खारेज गर, नागरिकताबाट वञ्चित गर्न पाईदैन, हाम्रो आन्दोलन जारी छ, रोटी बेटीको सम्बन्ध विगार्न पाईंदैन लगायतका नारा लेखिएको प्ले कार्ड बोक्नुको साथै नाराबाजी समेत गरेका थिए । कोरोना महामारी नियन्त्रण गर्नुको साटो सरकारले नागरिकको ध्यान अर्कोतिर मोडेको आरोप जनता समाजवादीका नेता तवरेज अहमदले बताए ।

त्यसैगरी पोखरियामा पनि नागरिकता ऐन संसोधन विद्येयकको विरोधम प्रदर्शन भएको छ ।
महिला माथिको विभेद अन्त्य गर, मधेसीमाथि अत्याचार बन्द गर लगायतका नारा लेखेको प्ले कार्ड बोकेर प्रदर्शन गरेको जसपाका स्थानीय नेता शिवकुमार साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?