+
+

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असार १२ गते ९:५२

१२ असार, बुटवल । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ ।

नयाँ संक्रमित थपिनेमा दाङमा सबैभन्दा धेरै ५४ जना, पाल्पामा २१ जना, गुल्मीमा १२ जना, रुपन्देहीमा ९ जना, प्युठानमा ७ जना, बर्दियामा ६ जना, नवलपरासी पश्चिममा ६ जना, बाँकेमा ४ जना र कपिलवस्तुमा १ जना थपिएका हुन् ।

यसअघि बिहीबारै पाल्पाका १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लागत रुपमा कोरोना संक्रमितको संख्या कपिलबस्तुमा ७०८, पाल्पामा ३९३, दाङमा ३८२, बाँकेमा ३५४, रुपन्देहीमा २७५, गुल्मीमा २५९, अर्घाखाँचीमा २५४, प्युठानमा १९१, बर्दियामा १६१, नवलपरासीमा ८४, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ पुगेको छ ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार प्रदेश ५ मा ६ हजार ७ सय ६२ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशका कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरमा ४ जना आईसीयूमा सहित १५ सय ६ जना उपचाररत छन् । प्रदेश ५ मा १४ सय ५१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । प्रदेश ५ मा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका १२ वटै जिल्लाका क्वारेन्टिनमा २६ हजारभन्दा बढी बसेका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?