+
+

रौतहटमा क्वारेन्टिन बाहिरका तीन जनामा कोरोना संक्रमण

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ असार १२ गते १३:३९

१२ असार, रौतहट । रौतहटमा क्वारेन्टिनबाहिर रहेका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

बिहीबार थपिएका ३८ संक्रमितमध्ये तीन जना क्वारेन्टिन बाहिरका हुन् । गौर नगरपालिका वडा नं. ५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नगरपालिकाको बंकुल बजारमा पसल सञ्चालक हुन् । भारतको मोतीहारी कोरहीया घर भएका उनी गौर-५ मा रहेको ससुराली बस्दै आएका थिए ।

गौरमा भेटिएका दोस्रो संक्रमित ईशानाथ नगरपालिका–२ घर भई हाल गौर ५ बस्ने १७ वर्षीय युवक हुन् । काठमाडौं जान पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको हो ।

तेस्रो संक्रमित ईशनाथ नगरपालिका वडा नं. ३ का २५ वर्षीय पुरुष हुन् । उनी वडाध्यक्षका सवारी चालक हुन् ।

संक्रमण पुष्टि भएकाहरूलाई गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ भने कन्ट्याक ट्रेसिङ सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेकाअनुसार १७ वर्षीय युवकको परिवारका सदस्यहरूको स्वाब संकलन भइसकेको छ भने अन्य दुईको पनि संकलन गरिनेछ । उनले भने, ‘उनीहरूको सम्पर्कमा आएकाहरूको रिपोर्ट आएपछि थप भन्न सकिन्छ ।’

गौर अस्पतालका मेडिकल सुरपरिडेन्टेन डा. कृष्ण साह स्थानीयमा संक्रमण देखिनु चिन्ताजनक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?