
१२ असार, काठमाडौं । सरकारले असार १५ गते १७ औं राष्ट्रिय धान दिवस मनाउने भएको छ ।
कृषि अनुसन्धान परिषद्को कार्यालय हाता खुमलटारमा सामाजिक र व्याक्तिगत दूरी कायम गर्दै धान दिवस मनाइने कृषि विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सांकेतिक कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए ।
मनसुन समयमै सुरु हुँदा गत वर्षको तुलनामा असार १० गतेसम्म ८.४१ प्रतिशत बढी क्षेत्रमा धान रोपाईं सकिएको विभागले जनाएको छ । यसवर्ष अहिलेसम्म दुई लाख ७५ हजार २९ हेक्टरमा धान रोपाइँ सकिएको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4