+
+

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो 

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते १७:०५

१२ असार, कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ । शुक्रबार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या एक हजार ७०२ पुगेको हो ।

शुक्रबार डोटीमा २५, बैतडीको पञ्चेश्वरमा २, कञ्चनपुरको भीमदत्तमा १ र कैलालीको चुर गउँपालिकामा ५ तथा भजनीमा २ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

संक्रमित ३५ जना मध्ये ७ जना महिला र २८ जना पुरुष रहेको श्रेष्ठले बताए । हालसम्म सबैभन्दा बढी कैलालीका ५१८ जनामा कोरोना पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?