+
+

आलुको बोराबाट साढे तीन लाख रुपैयाँ बरामद, दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते १७:१९

१२ असार, वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ५३ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

छिपहरमाई गाउँपालिका–२ का ३३ वर्षीय जन्मजय यादव र २० वर्षीय रञ्जन बैठालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट एक हजार, पाँच सय, एक सय, ५०, २०, १० र ५ दरका नोट गरी कुल ३ लाख ५५ हजार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशत्र प्रहरी बोर्डर आउट पोस्ट छिपहरमाई भिस्वाको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । आलुको बोरामा लुकाएर नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकमको स्रोत खुलाउन उनीहरूले नसकेको सशत्र प्रहरीको दाबी छ । सशस्त्र प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर २२ भी ३८२५ भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

दुवै जनालाई बैङ्किङ तथा वित्तीय कसुर मुद्धाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?