+
+

धनुषा र महोत्तरीमा थपिए ३३ कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १३ गते १३:३१

१३ असार, वीरगञ्ज । प्रदेश २ मा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । महोत्तरीमा ३० जना र धनुषामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा दुईजनामा संक्रमण देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका विरेन्द्र बजार दुखानीदेवी मावि क्वारेन्टिनमा ३ जनामा, महोत्तरीको सम्सी क्वारेन्टिनमा बस्दै आएका १० जना, औरही स्थित राम विलास मावि क्वारेन्टिनमा बस्दै आएका १/१ वर्षका बालबालिका सहित १० जना र महोत्तरीकै लोहरपट्टीको भायरुखी उच्च मावि क्वारेन्टिनमा बस्दै आएका १० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?