
१२ असार, काठमाडौं । शनिबार रसुवामा पनि कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालका सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
रसुवामा भेटिएका संक्रमित मध्ये ७ जना कुवेतबाट आएका थिए । दुई जना भने भारतबाट आएका हुन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले अनलाइनखबरसँग भनिन्, ‘उहाँहरु क्वारेन्टिनमा नै हुनुहुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4