+
+

रुकुम घटनाको विरोधमा मसाल जुलुस

चन्द्र आले चन्द्र आले
२०७७ असार १३ गते १९:३६

१३ असार, काठमाडौं । रुकुम घटनाको विरोधमा संयुक्त दलित राजनीतिक संघर्ष समितिले मसाल जुलुस निकालेको छ ।

बाङ्गेमुढाबाट सुरु भएको मसाल जुलस असन चोकमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाली कांग्रेससहितका दलहरु संलग्न संघर्ष समितिले काठमाडौं केन्द्रित दबावमुलक कार्यक्रम गर्दै आएको छ ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

त्यसक्रममा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेकाे अनुसन्धानमा भाग्दै गरेको नवराजकाे समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?