+
+

गुल्मीका ६ जना कोरोना संक्रमित डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १४ गते ६:५१

१४ असार, गुल्मी । गुल्मीका थप ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाका ६ जना पुरुषलाई डिस्चार्ज गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

उनीहरु भारतबाट आएर गाउँपालिकाको बनाएको आइसोलेसनमा बसेका थिए । संक्रमितहरु १५ दिनसम्म आइसोलेसनमा बसेर डिस्चार्ज भएका हुन् ।

शनिवार एक कार्यक्रम आयोजना गरेर डिस्चार्ज भएकाहरुलाई फूल र कोरोनामुक्त भएको प्रमाणपत्र दिएर गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बिदाई गरे ।

अध्यावधिक विवरण अनुसार सत्यवती गाउँपालिकाभित्र ११ जना कोरोना संक्रमित रहेका छन् ।

पछिल्लो तथ्यांक अनुसार गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्य छ । संक्रमितमध्ये कुल ३८ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । गुल्मी जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ५७२ जनाको रिपोर्ट आउन बाँकीे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?