+
+

तनहुँमा मन्दिरबाट शंख चोरी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १४ गते ७:३०
सां‌केतिक फोटो

१४ असार, तनहुँ । धार्मिक पर्यटकीयस्थल छाब्दी बाराही मन्दिरमा रहेको पुरानो शंख चोरी भएको छ । छाब्दी क्षेत्रमा एकाएक चोरीका घटना बढ्दै जान थालेपछि भक्तजनलाई मन्दिरमा प्रवेश रोक लगाएको छ ।

सदरमुकाम दमौलीबाट करिब ८ किमि पूर्वतर्फ पर्ने छाब्दी मन्दिरमा शुक्रबार राति चोरी भएपछि छाब्दी सुधार समितिले शनिबार आकस्मिक बैठक बसी रातको १० बजेदेखि बिहानको ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । समितिद्वारा अर्को सूचना जारी नहुँदासम्म छाब्दी मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको समितिका अध्यक्ष हिमबहादुर रानाभाटले जानकारी दिए ।

मन्दिरको दुई वटा च्यानलगेटको चाबी फोडेर उक्त शंख चोरी भएको बताइएको छ । केही दिन यतादेखि छाब्दीमा चोरी घटना बढ्दै गएपछि स्थानीयवासीहरु त्रासित भएका छन् । कुखुरा, बाख्रा, खसी, बोका र एक मोटरसाइकल पनि चोरी भएको अध्यक्ष रानाभाटले बताए ।

स्थानीय युवालाई रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाइएको व्यास–१४ का वडाध्यक्ष काजीराम श्रेष्ठले बताए । तोकिएको समयअवधिमा अनावश्यक हिँडडुल गरेमा कानूनअनुसार कारवाही गरिने निर्णय भएको उनले जानकारी दिए । रातको समयमा मन्दिरमा पसेर चोरी गर्ने व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?