+
+

बारपाकमा देखियो सलह, पाल्पाबाट स्याङ्जा र लमजुङ हुँदै आएको अनुमान

विकास मरहट्टा विकास मरहट्टा
२०७७ असार १४ गते १४:०७

१४ असार, गोरखा । गोरखाको बारपाकमा सलह किरा देखिएपछि किसान चिन्तित भएका छन् । स्थानीय मीनबहादुर गुरुङका अनुसार शनिबार दिउँसो करिव दुई बजेतिर एक हुल फट्याङ्ग्राजस्तो किरा गाउँमा देखिएको थियो ।

‘केही मकैबारीमा पसेको छ, अधिकांश बाटो र घरको छतमा बसेका छन्’ उनले भने ।

स्थानीयले उक्त किरा मार्न थालेका छन् । स्थानीय धर्तीमान घलेले भने ‘बाटोमा भेटिएको फट्याङ्ग्रालाई केटाकेटीहरुले समाउँदै मार्दै गरेका छन्, घरको छतमा बसेकालाई स्थानीयले मार्दै बट्टामा जम्मा गर्दैछन् ।’

बारपाकमा देखिएको फट्याङ्ग्रा जस्तो किरा सलह नै भएको कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा बताउँछिन् । ‘हाम्रा प्राविधिक त्यहाँ पुग्दै हुनुुहुन्छ, तर मलाई आएका फोटो हेर्दा त्यो सलह नै हो’ उनले भनिन् ।

पाल्पाबाट स्याङ्जा, लमजुङ हुँदै गोरखा आएको हुनसक्ने उनको अनुमान छ । ‘यो लाखौको संख्यामा हुल बनाएर उड्छ, उड्दा उड्दै केही यतै छुटेको पनि हुनसक्छ, वा हावाको वेगले यता ल्याएको पनि हुनसक्छ,’ थापाले भनिन् ।

अण्डा पार्नका लागि उपयुक्त ठाउँको खोजी गर्दै आएको पनि हुनसक्ने उनको अनुमान छ । ‘अण्डा पार्नका लागि यिनीहरुलाई वलौटे माटो चाहिन्छ, त्यही ठाउँको खोजीमा आएका हुन पनि सक्छन्,’ उनले भनिन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?